ओली र भारतीय विदेश सचिव क्वात्राबीच भेट « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

ओली र भारतीय विदेश सचिव क्वात्राबीच भेट


१ फाल्गुन २०७९, सोमबार


काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ । 

परराष्ट्र सचिवको निमन्त्रणमा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव क्वात्राले बालकोटमा एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । 

तीनदिने नेपाल भ्रमणमा रहेका क्वात्राले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका नेताहरूसँग भेट गरिसकेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस