रास्वपा केन्द्रीय समिति बैठक सुरु  « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

रास्वपा केन्द्रीय समिति बैठक सुरु 


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार दिउँसो साढे ३ बजे बैठक सुरु भएको रास्वपाका सह-महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएपछि आजको बैठकमा सह-महामन्त्री बुर्लाकोटीले बैठकमा छलफलका एजेण्डा पेस गरेका छन् । उनका अनुसार रास्वपाले समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा छलफल गर्दैछ ।

रास्वपामा अहिले २४ सदस्यीय केन्द्रीय कमिटी छ । रास्वपाले केन्द्रीय समिति बढाउने बुर्लाकोटीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस