काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरिसक्ने बताएका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ मा सुख्खा बन्दरगाहको काम अब अघि बढ्ने उनले बताए।
उनले भने, ‘तीन वर्षभित्र बन्दरगाह बन्नेछ, यसले सुदूरपश्चिमको मात्रै होइन देशमा व्यापारको ढोका खुल्नेछ ।’ त्रिदेशीय व्यापारको केन्द्र दोधारा चाँदनी बन्न सक्ने उनको भनाइ छ।
‘देशको आर्थिक विकासमा सहज पुर्याउनु छ, बन्दरगाह बनेपछि त्रिदेशीय समझदारी हुन्छ,’ उनले भने।
प्रधानमन्त्री दाहालले महाकालीमा पुल निर्माण गर्न र बाँध बनाउन थप सहयोग आवश्यक रहेको उनले बताए। सरकारले पुल र बाँध बनाउन सहयोग गर्ने उनको भनाइ छ।