काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्टले फागुन ८ गतेदेखि आइपीओ खुला गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गर्ने भएको हो।
स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १०५ अर्थात् ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो।
भूगोल इनर्जीले १०० रुपैयाँ अङ्कित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गर्ने भएको छ। यो मध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले द्धारी ३ दैलेखका स्थानीय बासिन्दालाई २ लाख ७२ हजार २६ कित्ता र यो बाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको ।
यता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ। स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
छिटोमा फागुन २५ गते गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने चैत १२ गतेसम्म आवेदन दिन पाउनेछन्।
रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीको आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।