एबी मलमा आगलागी, पाँच करोड बढीको क्षति  « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

एबी मलमा आगलागी, पाँच करोड बढीको क्षति 


२९ माघ २०७९, आइतबार


काठमाडौँ । सिराहाको गोलबजार नगरपालिका ६ स्थित सिरहा सुपरमार्केट प्रालिद्वारा सञ्चालित एबी मलको गोदाममा आगलागी हुँदा करोडौँ मूल्यका सामग्री जलेर नष्ट भएको छ। 

गोलबजार ४ मा रहेको मलको गोदाममा आइतबार अपराह्न विद्युत् सर्ट भएर आगलागी हुँदा खाद्यान्न, कपडा, इलेकट्रोनिक्स सामान, फर्निचर, भान्साका सामान गरी पाँच करोड ५० लाखभन्दा बढीको सामाग्री जलेर नष्ट भएको एबी मल व्यवस्थापनले जनाएको छ। 

आगलागीपछि मलमा बिक्री गर्ने गरी भण्डारण गरिएको महँगा तयारी कपडासहितका सामग्री जलेर काम नलाग्ने भएको मलका प्रमुख कार्यकारी अधिकृत पिन्टु राउतले जानकारी दिए।

आगलागीमा सिराहाको मिर्चैयाका र गोलबजार तथा धनुषाको जनकपुरस्थित मलका लागि झिकाएर राखिएका सामग्री काम नलाग्ने गरी जल्नुका साथै कार्यालय प्रायोजनका लागि जडान गरिएका सर्भर कम्प्युटर, सिसी क्यामेरा लगायतका सामान समेत जलेको प्रमुख कार्यकारी अधिकृत राउतले बताए।

आगलागीले गोदाम रहेको भवनमा पनि क्षति पुगेको उनले बताए। गोलबजार प्रहरीका अनुसार दिउँसो करिब २ बजेतिर शुरु भएको आगलागी गोलबजर, सिरहा र लहान नगरपालिकाको वारुणयन्त्रको करिब तीन घण्टामा नियन्त्रणमा लिइएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस