१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्चस्तरीय प्रशासन सुधार कार्यदलद्वारा राय सुझाव पठाउन आव्हान

अ+ अ-

काठमाडौँ । प्रदेश १ सरकारले गत माघ ६ गते गठन गरेको उच्चस्तरीय प्रशासन सुधार कार्यदलले राय, सुझाव, सल्लाह दिन इच्छुक सङ्घ, संस्था एवम् सरोकारवालालाई आव्हान गरेको छ । 

कार्यदलले फागुन ११ गतेसम्ममा कार्यदलको कार्यालय तीन टोलिया वा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइपुग्ने गरी हुलाक वा इमेलमार्फत राय, सुझाव, सल्लाह पठाउन आग्रह गरेको हो । 

कार्यदलले सुझावका लागि ६ बुँदे कार्यक्षेत्रगत सर्तहरू पनि निर्धारण गरेको छ । जसमा प्रदेश सरकारको प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न एवम् सेवा प्रवाह र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि उपयुक्त आकारको सङ्गठन संरचना र कर्मचारी दरबन्दी सिफारिस गर्ने, सेवा प्रवाह र विकास व्यवस्थापनलाई छिटो, छरितो, चुस्त, दुरुस्त र गुणस्तरीय बनाउनका लागि कानुनी, काई प्रक्रियागत, कार्य संस्कृतिजन्य सुधार एवम् सूचना प्रविधिको प्रयोग गरी प्रदान गर्न सकिने सेवाहरूका सम्बन्धमा ठोस सुझाव दिने, प्रदेश निजामती सेवालाई निष्पक्ष, तटस्थ, उत्तरदायी, जबाफदेही एवम् उत्प्रेरित बनाउन र सुशासन कायम गर्ने सम्बन्धमा सुझाव दिने विषय उल्लेख छ । 

यस्तै प्रदेश सरकार र अन्तर्गतका निकायहरूले सम्पादन गर्दै आइरहेका कार्यहरूमध्ये स्थानीय तहले सम्पादन गर्दा उपयुक्त हुने सेवा प्रवाह तथा विकास निर्माणका क्षेत्र सीमाहरू पहिचान गरी सिफारिस गर्ने, सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध मजबुत बनाउने उपायहरू सिफारिस गर्ने र प्रदेशको आन्तरिक राजस्व वृद्धिका उपायहरू सिफारिस गर्न कार्यदलले सरोकारवालालाई आव्हान गरेको हो । 

प्रतिक्रिया दिनुहोस