काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ आज हुने भएको छ । शनिबार मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै आज शपथ ग्रहण गर्न लागिएको हो।
प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको हो। मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका छन्। यसअघि उनले गत पुस २८ गते दुई जना बिनाविभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।
