डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह


२८ माघ २०७९, शनिबार


कोपेनहेगन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यातशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ ।

सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले सो आग्रह गरेको हो ।

डब्ल्युएचओ युरोपका अनुसार दादुरा खोपको दुई डोजसहितको न्यूनतम ९५ प्रतिशत नियमित कभरेज भाइरसको फैलावट रोक्न र ठूला प्रकोपहरू पुनः बल्झिनबाट रोक्न यो उपाय पर्याप्त हुनेछ।

यद्यपि, डब्लुएचओले कोभिड-१९ महामारीको प्रतिरक्षा र खोपको खुराक छुटेका कारण बालबालिका सहित अन्य थुप्रै व्यक्तिहरूमा दादुराको सङ्क्रमण बढेको पाइएकाले यथाशीघ्र खोप अभियानलाई तीव्र पार्न अनुरोध गरेको छ ।

डब्ल्युएचओले युरोपेली देशहरूलाई पनि ढिलाइ नगरी स्वास्थ्य अनुसन्धान गर्न र दादुराको निगरानी बढाउन आग्रह गरेको छ। सन् २०१८ र २०१९ ठूला दादुराको प्रकोपपछि, लगभग दुई लाख जनामा सङ्क्रमणका घटनाहरू उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस