करेन्ट लागेर एक जनाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

करेन्ट लागेर एक जनाको मृत्यु


२८ माघ २०७९, शनिबार


काठमाडौँ । बिर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस