विवेकशीलको महाधिवेशन आज समापन गरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विवेकशीलको महाधिवेशन आज समापन गरिने


२८ माघ २०७९, शनिबार


काठमाडौँ । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौँमा आज समापन हुदैँछ ।

लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको शुक्रबारबाट भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन लागेको हो ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाश चन्द परियार र मिलन पाण्डेले आकाङ्क्षा व्यक्त गरेका हुन् ।

तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् । नेता मिलन पाण्डेको अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गर्नेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस