देवी र वसन्तको स्वरमा ठाडो भाका गीत ‘दरमखोला’ सार्वजनिक « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

देवी र वसन्तको स्वरमा ठाडो भाका गीत ‘दरमखोला’ सार्वजनिक


२८ माघ २०७९, शनिबार


काठमाडौँ । मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्ती मगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानलमार्फत डिजिटल बजारमा आएको हो ।

गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन् । सङ्गीत रचना गायक थापा आफैँले गरेका हुन् । ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक÷श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो ।

पहिले पहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गर्थ्यो । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । सङ्गीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका सङ्कटमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस