विभागीय प्रमुखको सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको अनुमति अनिवार्य  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विभागीय प्रमुखको सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको अनुमति अनिवार्य 


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभागीय प्रमुखहरूको सरुवा गर्दा अनिवार्य रूपमा मन्त्रालयको अनुमति लिनु पर्ने जनाएको छ । 

मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट विभागीय प्रमुखहरूमा खटाउँदा मन्त्रालयको सहमति अनिवार्य गरेको हो । 

ऐनमै भएको व्यवस्थालाई कार्यान्वयन गर्न लागिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रुद्रसिंह तामाङले बताए । 

मन्त्रालयको यो निर्णयसँगै अव महानिर्देशकसँगै प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दासमेत मन्त्रालयको सहमति लिनुपर्ने भएको छ । यसअघि अन्तर्गत तथा मातहतका निकायमा खटाउँदा मन्त्रालय सोझै खटाउने गरेकोमा अव भने सामान्य प्रशासन मन्त्रालयको सहमतिपछि मात्रै खटाउनु पर्ने छ । 

यसलाई कडाइका साथ कार्यान्वयन गर्न म्यानेजमेन्ट अडिट टोली नै पठाइन लागेको पनि मन्त्रालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस