महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ।

शुक्रबार बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

बिहीबार मुटुमा दुखाइ बढेपछि उनलाई जिल्ला सदरमुकामस्थित मेडिकलमा ल्याइएको थियो। मेडिकलबाट समस्या नभएको भनेपछि बिहीबार राति नै फिर्ता गरिएको थियो।

शुक्रबार बिहान फेरि मुटु दुखेपछि गुरुङलाई सरकारी गाडीमै सदरमुकाम ल्याइएको थियो।

उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो। दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार बिहान ११ बजेर ३६ मिनेटमा अस्पतालमा उनलाई मृत घोषणा गरेको थियो।

२०७४ को निर्वाचनमा उनी नेपाली काँग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। ७५ वर्षीय गुरुङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस