२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तारको तयारी

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज ३ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । योसँगै मन्त्रिमण्डल विस्तारको तयारी समेत गरिएको छ । जसको लागि सत्ता साझेदार दल तथा प्रदेशसभा सदस्यबीच संवाद चलिरहेको छ । काँग्रेस संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री रावललाई हालसम्म एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशीको समर्थन छ ।

मन्त्रिमण्डल विस्तारका लागि काँग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । जसबाट मन्त्रिमण्डलको आकार निर्क्योल हुने काँग्रेसका एक जना प्रदेशसभा सदस्यले बताए । तथापि पहिलो चरणमा ३ देखि ५ सदस्यीय मन्त्रिमण्डल विस्तार हुनसक्ने बताइएको छ । अछामबाट निर्वाचित प्रदेशसभा सदस्य मेघराज खड्काको पनि मन्त्री हुने सम्भावना बलियो छ । उनी काँग्रेस सुदूरपश्चिमका महामन्त्री समेत हुन् । त्यस्तै, काँग्रेसभित्र प्रकाश देउवाको चर्चा पनि उत्तिकै छ ।

त्यस्तै, एकीकृत समाजवादीबाट पनि मन्त्री थपिने भएका छन् । समाजवादीभित्र संसदीय दलका नेता दीर्घ सोडारी, प्रकाश रावल र बाजुराबाट निर्वाचित नरेशकुमार शाहीमध्ये एकलाई मुख्यमन्त्री शाहले मन्त्रीमा नियुक्त गर्न सक्ने जनाइएको छ । तर सोडारी र रावल मन्त्री भइसकेकाले शाहीको सम्भावना बलियो रहेको बताइएको छ । त्यस्तै, डडेलधुराबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य जोशीलाई पनि मन्त्री मण्डलमा समावेश गराउने छलफल चलिरहेको छ ।

अघिल्लो सरकारमा सहभागी भएको माअ‍ोवादी केन्द्रलाई समेत सरकारमा ल्याउने छलफल भइरहेको छ । माओवादी सरकारमा आए विश्वासको मत पाउन सजिलो हुने काँग्रेसका प्रदेशसभा सदस्य प्रकाश बमले बताए । तर माओवादीले भने अहिलेसम्म सरकारमा जानेबारे मुख खोलेको छैन ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रमेश धामीले वर्तमान परिस्थिति र प्रदेशसभाको गरिमा र अस्तित्वलाई सम्मान गर्दै अगाडि बढ्ने तर तत्काल सरकारमा नजाने बताए । तर काँग्रेसले कसरी प्रदेश सरकार चलाउने भन्ने रणनीति बनाएको छ, त्यसको आधारमा आफूहरूले पाइला चाल्ने समेत धामीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस