दाङको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

दाङको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी


२७ माघ २०७९, शुक्रबार


दाङ। घोराही उपमहानगरपालिका- १७ चौघेरास्थित गोरक्ष रत्ननाथ मठको हाताभित्र रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ।

शुक्रबार बिहान करिब ४ बजे तिर गुरुकुलमा अध्यन गर्ने बटुकको आवासमा आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति नभएपनि बटुकको पुस्तक, खाद्यान्न, लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएको छ।

बटुकको आवास तथा भोजनालय रहेको हल कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको बताइएको छ। आगलागी भएको जानकारी भएपछि प्रहरी बटुक, साधु सन्त, दमकल तथा स्थानीय मिलेर आगो नियन्त्रणमा ल्याइएको थियो।

गुरुकुलमा २५ जना बटुक आवासीय अध्ययन गर्दै आइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस