उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बिहान बस्ने भएको छ । यसअघि बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित गरिएको थियो।

बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिएका थिए ।

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशङ्कित देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस