फेरी विवेकशील साझा पार्टीमै फर्किइन् रन्जु दर्शना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

फेरी विवेकशील साझा पार्टीमै फर्किइन् रन्जु दर्शना


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्केकी छन्। 

डेढ वर्षपछि उनी विवेकशील साझा पार्टीमा फर्किएकी हुन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले पार्टीमा फर्केको जानकारी दिएकी हुन्।

‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु,’ उनले भनेकी छन्, ‘भोलि र पर्सी ९२७-२८० गते हुने वि.सा.पा. महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिबद्ध छु।’

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। काठमाडौँको क्षेत्र नम्बर ५ बाट सेलरोटी चिन्ह लिएर निर्वाचन लडेकी थिइन्। 

तर उनले जित हात पार्न सकिनन्। यो क्षेत्रमा नेपाली काँग्रेसका प्रदीप पौडेल निर्वाचित भएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस