प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । माघ २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनी उपरथी दर्जामा पदोन्नति भएका थिए । 

बिहीबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका शर्माले भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भट्टलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्त गरिएको पनि सेनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस