उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

संयन्त्रको बैठकको तयारीका लागि मङ्गलवार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो ।

नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरूका बीचमा सहमति जुटेको छैन ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ पार्टीका संस्थापक रेशम चौधरीसँग सल्लाह गर्न डिल्लीबजार कारागार पुगेकी छन् ।

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेताहरूको रिहाइलाई पहिलो सर्तका रूपमा अगाडि सारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस