माओवादीले टुङ्ग्यायो पदाधिकारी र स्थायी कमिटी सदस्य (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादीले टुङ्ग्यायो पदाधिकारी र स्थायी कमिटी सदस्य (सूचीसहित)


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

माओवादीले बुधबार मातहतको कमिटीलाई १३ बुँदे सर्कुलर जारी गर्दै स्थायी, केन्द्रीय र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको जानकारी दिएको हो ।

माओवादीका २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिले पूर्णता पाएको छ । बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत पनि गरेको छ ।

भुसाल पार्टी उपमहासचिवबाट उपाध्यक्षमा बढुवा भएका हुन् । यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन गरेको छ ।

त्यस्तै सर्कुलरमा विचार मिल्ने पार्टीहरूसँग एकताका लागि वार्ता अगाडि बढिरहेको समेत जानकारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस