क्लब रियल मड्रिड विश्वकपको फाइनलमा « प्रशासन
Logo १९ चैत्र २०७९, आइतबार
   

क्लब रियल मड्रिड विश्वकपको फाइनलमा


२६ माघ २०७९, बिहिबार


काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति सम्पन्न सेमिफाइनलमा इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४-१ गोलको नतिजामा पराजित गर्दै रियल फाइनलमा प्रवेश गरेको हो ।

खेलको ४२ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । फेडेरिको भाल्भर्देले ४६औँ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

अल अहलीका अलि माउलोले ६५औँ मिनेटमा टिमका लागि पहिलो गाल गरे । खेलको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता फराकिलो पारे ।

इन्जुरी समयमै सेर्जियो अरिबासले गोल गर्दै रियलको जित ४-१ ले सुनिश्चित गरे । रियलले उपाधिका लागि साउदीको अल हिलालसँग खेल्नेछ ।अल अहलीले तेस्रो स्थानको लागि ब्राजिलको फ्लामेन्गोसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस