वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : नारायणकाजी श्रेष्ठ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : नारायणकाजी श्रेष्ठ


२५ माघ २०७९, बुधबार


काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् ।

 ‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’को मूल नारासहित सर्लाहीको वाग्मतीमा आयोजित सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको आज उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि बलियो वातावरण सिर्जना भएको बताए ।

मन्त्री श्रेष्ठले, सत्तापक्ष र प्रतिपक्ष आ-आफ्ना ठाउँमा भए पनि सबै राजनीतिक पार्टीहरू राष्ट्रिय एकता, शान्ति प्रक्रियाको काम पूरा गर्ने पक्षमा रहेको बताए ।

वर्तमान सरकार आम नेपाली जनताले महसुस गर्ने गरी सामाजिक न्यायसहितको समृद्धि सिर्जना गर्न चाहेको उल्लेख गर्दै उनले भने, “नेपाली जनताले शिक्षा, स्वास्थ्य, रोजगारीसहितको समृद्धि दिन ढिलो गर्न हुँदैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस