‘रविले पत्रकार सम्मेलनमा बोलेका कुराको म जिम्मेवारी लिन्नँ’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘रविले पत्रकार सम्मेलनमा बोलेका कुराको म जिम्मेवारी लिन्नँ’


२५ माघ २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले सभापति रवि लामिछानेले गत आइतबार पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिको जिम्मा आफूले नलिने बताएका छन्।

बुधबार दिउँसो ट्वीट गर्दै उनले उक्त दिन बसेको रास्वपा बैठकले गरेका निर्णयको स्वामित्व आफूले लिने उल्लेख गर्दै पत्रकार सम्मेलनका क्रममा लामिछानेले दिएको अभिव्यक्ति र व्याख्यामा असहमति जनाएका हुन्।

‘हो, म राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु-हामीले व्यापक छलफल गरेका थियौँ,’ पाँडेले लेखेका छन्,‘ म पत्रकार सम्मेलनको तयारीमा सहभागी थिइनँ। जे भनियो, जुन शैलीमा भनियो र जे कुरा भन्न छुटाइयो त्यसको  म जिम्मा लिन्नँ।’

आइतबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको थियो। 

गत भदौमा रास्वपा केन्द्रीय सदस्य बनेका पाँडेले युवा, सीमान्तकृत र  नेपालप्रति आशावादीहरूका पक्षमा उभिन एक नेताको भावनाभन्दा माथि उठ्नुपर्ने बताएका छन्।

गत आइतबार पत्रकार सम्मेलन गर्दै लामिछानेले नेपाली मिडिया, प्रकाशक र सम्पादकहरूको चर्को आलोचना गरेका थिए।  

Tags :
प्रतिक्रिया दिनुहोस