३ वर्षपछि एमडीजीपी डाक्टर बाजुरामा  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

३ वर्षपछि एमडीजीपी डाक्टर बाजुरामा 


२५ माघ २०७९, बुधबार


काठमाडौँ । जिल्ला अस्पताल बाजुराले तीन बर्षपछि एमडीजीपी चिकित्सक पाएको छ । डा. प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा बाजुरा पुगेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए ।

लामो प्रयासपछि देवकोटालाई स्वास्थ्य मन्त्रालयले बाजुरा सरुवा गरेको अस्पतालका अध्यक्ष कार्कीले बताए । देवकोटाले कम्तीमा १ बर्ष बाजुरामा बस्ने बताएका छन् ।

निक साइमन्स इन्स्टिच्युटले डा. देवकोटा बाजुरा बस्दासम्म केही सुविधा दिनेछ । जिल्ला अस्पताल बाजुरामा एमडीजीपी चिकित्सक आएपछि सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ ।

एमडीजीपी चिकित्सक नहुँदा सामान्य घाउको शल्यक्रिया गर्न पनि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेकामा अब अन्त्य हुने कार्कीले बताए ।

बाजुरामा एमडीजीपी चिकित्सक ल्याउनका लागि मन्त्रालयमा धेरै पहल भएको सांसद बद्रि पाण्डेका स्वकीय तालबहादुर रावतले बताए ।

पहिला जिल्लामा एमडीजीपी चिकित्सक हुँदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पायल्स, हड्डी भाँच्चिएको लगायतमा स्वास्थ्य समस्याको शल्यक्रिया हुँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस