उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने


२५ माघ २०७९, बुधबार


काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि (बिहीबार) बस्ने भएको छ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बस्ने निर्णय गरेको हो।

बालकोटमा प्रचण्ड र ओलीबीच डेढ घण्टा लामो छलफल भएको थियो। ओली उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पनि हुन्। यसअघि संयन्त्रको बैठक बस्ने भनिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो। यद्यपि रास्वापा सरकारबाट बाहिरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस