विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै


२५ माघ २०७९, बुधबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ।

उक्त पार्टीले आज काठमाडौँको जमलस्थित नाचघरमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

पार्टीले हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकका निर्णय, तत्कालीन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दि रिहाइ तथा मुद्धा फिर्ता गर्ने सवालमा भएको ढिलाइलगायतका विषयमा पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

उक्त सम्मेलनमा विप्लवसहित खडकबहादुर विश्वकर्मालगायतका शीर्ष नेताहरूको उपस्थिति तथा सम्बोधन रहने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस