भूकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन « प्रशासन
Logo १९ चैत्र २०७९, आइतबार
   

भूकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन


२५ माघ २०७९, बुधबार


काठमाडौँ । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप तुर्कासलानको निधन भएको छ।

२८ वर्षीय तुर्कास्लान आबद्ध फुटबल क्लब येनी मालत्यास्पोरले उनको निधनको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनले येनी मालत्यास्पोर क्लबबाट जम्मा ६ पटक खेलेका थिए। भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघेको छ।

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ७.५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले करिब ६ हजार भवनमा क्षति पुर्‍याएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस