१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री रावलको पद धरापमा

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिन गइरहेका छन् । 

तर निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीकै समर्थनमा मुख्यमन्त्री बनेका उनी नागरिक उन्मुक्तिकै विश्वासको मत नपाउने अवस्थामा पुगेका छन् । 

नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिन सकेनन् भने मुख्यमन्त्री रावलको कुर्सी धरापमा पर्ने देखिन्छ । र, उनले भोलि नै नैतिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता छ ।

रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार उनी १ महिनाभित्रै अर्थात् माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ । तर उनी बहुमत सदस्यको विश्वासको मत लिने परिस्थिति अझै बन्न नसकेको हो । 

मङ्गलवार नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सभा सदस्यसहित डिल्लीबजार कारागारमै बसेको बैठकले उधारो आश्वासनको भरमा विश्वासको मत नदिने निष्कर्ष निकालेको छ । सो पार्टीको अडानपछि मुख्यमन्त्री रावलको पद धरापमा परेको हो ।

यसैबीच प्रदेश सभाको बुधबार १ बजे तोकिएको बैठकलाई एक दिन पछाडि अर्थात् माघ २६ गतेका लागि सार्नेसम्मको छलफल दलहरुबीच नभएको होइन । तर एक दिनको अगाडि वा पछाडिको बैठकमा तात्त्विक अन्तर नरहने भन्दै भोलिकै बैठकमा विश्वासको मत लिने बताइएको छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका विना विभागीय मन्त्री खगराज भट्टले मुख्य कुरो राजनीतिक इमानदारिता र मुद्दा रहेकोले एक दिन अगाडि वा पछाडि विश्वासको मत लिनुमा तात्त्विक अन्तर नहुने बताए ।

तर नागरिक उन्मुक्तिले विश्वासको मत दिनेमा आफूहरू ढुक्क रहेको उनको भनाइ छ । सुरुदेखि मुख्यमन्त्री, सभामुख, उपसभामुखको निर्वाचनमा नागरिक उन्मुक्तिले अपनाएको रणनीति अनुसार पनि अन्तिममा आएर विश्वासको मत दिने विश्लेषण समेत गरिएको छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्दछ । यहाँ सबैभन्दा ठूलो दल नेपाली काँग्रेस १९ प्रदेश सभा सदस्यसहित प्रतिपक्षमा छ । 

नेकपा एमालेका मुख्यमन्त्री रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । अहिलेसम्म उनलाई आफ्नो दल एमालेसहित माओवादी र राप्रपाको साथ छ । तर बहुमत पुग्न नागरिक उन्मुक्तिको मत आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस