‘रास्वपालाई पुनः सरकारमा ल्याउन पहल भइरहेको छ’  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘रास्वपालाई पुनः सरकारमा ल्याउन पहल भइरहेको छ’ 


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन्।

मङ्गलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार सङ्कटमा नरहेको बताइन्।

उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पुनः सरकारमा ल्याउन राजनीतिक ढङ्गबाट पहल गरिएको उल्लेख गरिन्।

उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको छ तर सरकारको समर्थन फिर्ता लिनुभएको छैन। त्यस कारणले सरकार सङ्कटमा भन्ने स्थिति देखिँदैन। प्रधानमन्त्रीज्युले बाहिर सार्वजनिक रूपमा पनि बोल्नुभएको छ कि हामी यो गठबन्धनलाई बचाउनको निम्ति र उहाँहरूलाई पनि फेरि सरकारमा सहभागी गराउनको निम्ति प्रयत्नशील छौँ। त्यसका लागि पहल, प्रयत्न भइरहेको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस