परराष्ट्रमन्त्री पौड्याल र सामन्था पावरबिच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

परराष्ट्रमन्त्री पौड्याल र सामन्था पावरबिच भेटवार्ता


२४ माघ २०७९, मंगलबार


काठमाडौँ ।  परराष्ट्र मन्त्री विमला राई पौड्याल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावरबिच शिष्टाचार भेटवार्ता भएको छ।

आज नेपाल आइपुगेकी पावरले परराष्ट्र मन्त्रालय पुगेर पौड्यालसँग भेट गरेकी हुन्। त्यसक्रममा अमेरिकाले सहयोग गर्दै आएको क्षेत्रबारे कुराकानी भएको थियो।

पावरले नेपालमा स्थानीय समुदायसँग साझेदारी अघि बढाउनेबारे छलफल गर्ने भएकी छिन्। दुई दिने नेपाल भ्रमणका लागि आएकी उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ। उनको भ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता घोषणा हुन सक्ने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस