२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालिका हत्यारालाई जन्मकैदको फैसला

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगम बस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो ।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा निज साहलाई आजीवन कारावासको सजाय सुनाएको हो ।

साथै पीडित परिवारलाई एक लाख क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको हो । विसं २०७७ मङ्सिर ७ गते आइतबारका दिन अरुणले छिमेकी सादिम आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनलाई अपहरण गरी बेपत्ता बनाएको र पछि जबरजस्ती करणी गरी घटना बाहिरिने डरले घाँटी थिचेर हत्या गरी बोरामा राखेर फालिदिएको अवस्थामा उनको शव मङ्सिर ८ गते सोमबार राति सोही बस्तीमा फेला परेको थियो ।

पीडित परिवारलाई न्याय दिलाउन घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्थानीयले प्रशासनविरुद्ध आन्दोलन चर्काएपछि सो आन्दोलनको क्रममा बर्दिबास–१ बस्ने सञ्जय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागी मृत्यु भएको थियो ।

सोही घटनाको महोत्तरी जिल्ला अदालतमा सोमबार भएको अन्तिम सुनुवाइ (पेसी) मा दोषी साहलाई अदालतले अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस