२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशको नामाकरण टुङ्गिनेमा प्रमुख खापुङको विश्वास

अ+ अ-

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ को नामकरणको विषय यही कार्यकालमा टुङ्गिने विश्वास व्यक्त गरेका छन् ।

प्रदेशसभालाई पहिलो पटक मङ्गलवार सम्बोधन गर्दै उनले आम जनचासोको विषय रहेको भन्दै नामकरणको विषय टुङ्गो लाग्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘अत्यधिक जनचासो र जनअपेक्षाको विषय नामाकरण रहेको हुँदा उच्च प्राथमिकतामा राख्न यो प्रदेशसभा सक्षम हुने विश्वास व्यक्त गर्दछु ।’

खापुङले समृद्ध प्रदेश निर्माणमा अधिकतम प्रयास गर्नुपर्ने अवस्था रहेको बताउँदै प्रदेशको प्राथमिकता पर्यटन, कृषि, सिँचाइ, उद्योगलगायतको पूर्वाधार निर्माणमा हुनुपर्नेमा जोड दिए ।

उनले प्रदेशसभाको प्रमुख काम कानुन निर्माण रहेको भन्दै वस्तुनिष्ठतापूर्वक कानुन निर्माण गरेमा बनाएका कानुन संशोधन गरिरहनु पर्ने आलोचनाबाट मुक्त हुने पनि बताए ।

उनले भने, ‘एकात्मक शासन व्यवस्थाको अन्त्य गरी संघीय शासन प्रणाली अवलम्बन गरिसकिएको अवस्थामा एक सदनात्मक व्यवस्थाभित्रको व्यवस्थापिकाले संविधानले दिएका एकल अधिकार र साझा अधिकारमा कानुन निर्माण गर्ने तथा सरकारलाई संसदीय निगरानी गर्ने महत्त्वपूर्ण काम रहेको छ । यसमा खरो रूपमा उपस्थिति हुने कुरामा विश्वास व्यक्त गर्दछु ।’

खापुङको सम्बोधनसँगै प्रदेशसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि बसेको आजको दोस्रो प्रदेशसभा बैठकले प्रदेशसभामा सम्बोधन गरेका खापुङलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव पारित गरेसँगै प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

प्रदेश १ को प्रदेशसभाको सातौँ बैठक सकिँदासम्म सरकारले बिजनेस दिएको छैन । जसका कारण प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस