एआईजी पूजा सिंह अवकाशमा जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एआईजी पूजा सिंह अवकाशमा जाँदै


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पूजा सिंह अवकाशमा जान लागेकी छन् । एआईजीको उमेर हदका कारण उनी फागुन ३ मा सेवा निवृत्त हुन लागेकी हुन् ।

प्रहरी ऐन अनुसार अतिरिक्त महानिरीक्षक पदमा ५६ वर्ष पूरा भएपछि अनिवार्य अवकाशमा जाने प्रावधान छ । मानव श्रोत विकास विभागमा कार्यरत सिंह नेपाल प्रहरीको प्रशासन तर्फको पहिलो महिला एआईजी हुन् ।

प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहसँगै पूजा २०७९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएकी थिइन् । पुजाको अवकाशसँगै प्रहरीमा ५ जना एआईजीको दरबन्दी रिक्त हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस