२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाले पठायो लिङ्देन नेतृत्वको दललाई एकताको प्रस्ताव पत्र

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ।

सोमबार पार्टीको तर्फबाट वार्ता समितिका संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठद्वारा प्रेषित पत्रमा ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरूबिच एकता खोजिरहेको छ।

एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेन्डाहरू स्थापित गर्न, देशलाई अग्रगमन तर्फ डोर्‍याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी÷दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने’ उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, ‘पार्टी एकताको लागि विचारधारात्मक र सङ्गठनात्मक विषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईँको पार्टीसँग हार्दिकतासाथ प्रस्ताव अगाडि बढाउन चाहन्छौ ।’

जसपाले नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमुक्ति लगायतका दलहरूसँग पनि एकताको पहल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस