सेती नदीमा हाम्फालेका युवकको शव फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेती नदीमा हाम्फालेका युवकको शव फेला


२३ माघ २०७९, सोमबार


काठमाडौँ । बझाङको दुर्गाथली गाउँपालिका-२ स्थित झननामा सेती नदिमा हाम्फालेका युवकको शव भेटिएको छ ।

छबिस पाथिभेरा गाउँपालिका-४ घर भएका २९ वर्षीय नरेश थापाको शव गोताखोर टिमले निकालेको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले बताए । 

माघ २० मा नरेश थापा सेतीमा हाम फालेका थिए । हाम फालेको स्थानबाट करिब ५० मिटर तल शव भेटिएको एसएसपी थापाले जानकारी दिए । बेपत्ताको खोजीमा वैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोर परिचालन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस