काठमाडौँ उपत्यकामा तीन ठाउँमा देखियो बर्डफ्लू  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ उपत्यकामा तीन ठाउँमा देखियो बर्डफ्लू 


२३ माघ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन ठाउँमा बर्डफ्लूको संक्रमण पुष्टि भएको छ। कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको एक न र काठमाडौँका दुई स्थानमा बर्डफ्लूको संक्रमण पुष्टि भएको हो।

ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकाका कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।

गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको तथा त्यहाँका पक्षी नष्ट गरिएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, नागार्जुन नगरपालिकाको ६ रामकोट र तारकेश्वरमा पनि बर्डफ्लू देखिएको छ।  नागार्जुनस्थित एक फारममा बर्डफ्लु देखिएपछि त्यहाँ रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको मन्त्रालयले जानकारी दिएको छ।

तारकेश्वरमा पनि कुखुरा नष्ट गरिँदै गरिएको मन्त्रालयले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस