माओवादीका दुई मन्त्रीको टुङ्गो लागेसँगै पूर्णता पाउँदै मधेस सरकार  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादीका दुई मन्त्रीको टुङ्गो लागेसँगै पूर्णता पाउँदै मधेस सरकार 


२३ माघ २०७९, सोमबार


काठमाडौँ। मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुङ्गो लगाएसँगै सरकारले पूर्णता पाउने भएको छ ।

प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले आज मन्त्री र राज्य मन्त्रीको टुङ्गो लगाएको हो । उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय गरेको मधेस प्रदेश संसदीय दलका नेता भारतप्रसाद साहले जानकारी दिए । 

अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् । मङ्गलवार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको शपथग्रहण कार्यक्रम तय गरिएको छ । 

यससँगै मधेस प्रदेश सरकारमा पहिलो पटक दुई महिला क्याबिनेट मन्त्री हुने भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस