सत्ताको छिनाझम्टीले मुलुकमा सङ्कट निम्तायो : कमल थापा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सत्ताको छिनाझम्टीले मुलुकमा सङ्कट निम्तायो : कमल थापा


२३ माघ २०७९, सोमबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा विदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन्। सोमबार पार्टीको उपत्यका केन्द्रित सङ्गठनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

स्थिरता, समृद्धि र परिवर्तनको निमित्त जनताले आफ्नो मतदानबाट छनोट गरेका राजनीतिक दलहरूले सत्ताको छिनाझम्टिमा आफूलाई केन्द्रित गर्नुबाट मुलुक थप सङ्कटग्रस्त बनेको भन्दै थापाले सत्ताको फोहोरी खेलमा लिप्त भई दलहरूबाट विदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएको समेत बताए।

आफू सत्तामा पुग्न र टिक्न विदेशी शक्तिको आशीर्वाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आवश्यकता भएको उनको जिकिर थियो। काम गरेर बाँच्न सकिने अवस्था नभएको, दिनप्रतिदिन अर्थतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै थापाले समस्याको समाधान गर्नभन्दा थप ब्रम्हलुट गर्न राज्यसत्ता अग्रसर भएबाट मुलुक सङ्कटको दलदलमा भासिएको बताए।

स्पष्ट बिचार र अलग पहिचान सहित राष्ट्रिय राजनीतिमा स्थापित हुन तथा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको विषयलाई जोडदार ढङ्गबाट उठाउन राप्रपा नेपाल चाँडै नै सडकमा आउनेसमेत उनले दाबी गरे।

पार्टीको उपत्यका केन्द्रित सङ्गठन सुदृढीकरण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन उनले नेता कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए। सो अवसरमा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला, केशवराज श्रेष्ठ काठमाडौं अध्यक्ष श्याम घिमिरे, महानगर अध्यक्ष दिनेश नापित लगायतले बोलेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस