‘११ सय ठाउँमा पानी चुहियो, पानी हुँदा समेत बाँड्न सकिएन’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘११ सय ठाउँमा पानी चुहियो, पानी हुँदा समेत बाँड्न सकिएन’


२३ माघ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले २३ मंसिरमा मेलम्चीको पानी वितरण थालेयता मात्रै ११ सय स्थानमा चुहावट भएको बताएको छ ।

पत्रकार सम्मेलन गर्दै केयूकेएलले पुरानो वितरण सञ्जालका कारण पानीको चुहावट अत्यधिक मात्रामा भएको र त्यसलाई मर्मत गर्ने काम चलिरहेको बताएको छ ।

केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार खानेपानी संस्थानबाट हस्तान्तरण भएको पुरानो लाइनबाट पानी बाँड्नुपर्ने धेरै ठाउँमा समस्या भएको बताए ।

उनले भने, ‘कतिपय अग्ला ठाउँमा पानी पुग्न सकेको छैन, यस्तो गुनासो दैनिक रूपमा आइरहेको छ । कतिपय ठाउँमा हाम्रो पानी ट्याङ्कीमा पानी हुँदा हुँदै पनि वितरण गर्न सकेका छैनौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस