काँग्रेस र एकीकृत समाजवादीका कारण बागमती प्रदेशसभा बैठक प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस र एकीकृत समाजवादीका कारण बागमती प्रदेशसभा बैठक प्रभावित


२३ माघ २०७९, सोमबार


काठमाडौँ । बागमती प्रदेशसभामा संसदीय समितिहरू गठन गर्ने कार्यसूची तय भए पनि नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाउँदा प्रदेशसभा बैठक प्रभावित भएको छ ।

आइतबार सर्वदलीय बैठक बसेर सोमबारको बैठकमा संसदीय समिति गठन गर्ने सहमति भए पनि सोमबार काँग्रेस र एकीकृत समाजवादीले सदस्यहरूको नाम पठाउन अरुचि देखाएपछि १२ बजेका लागि बोलाएको प्रदेश सभा बैठक निर्धारित समयमा बस्न नसकेको हो ।

काँग्रेस र समाजवादीका नेताहरू सङ्घीय सरकारमा समेत समितिहरू गठन नभएको भन्दै अहिले नै समितिहरू गठन गर्न हतार नभएको बताउने गर्छन् । उनीहरूले प्रदेश संसद् सचिवालयका सचिव र सभामुख मिलेर सत्तापक्षलाई बल पुग्ने गरी समिति गठनको प्रक्रिया अघि बढाएको आरोप लगाउँछन् । ‘सत्तापक्षलाई बल पुग्ने गरी एकलौटी गर्न खोजियो त्यसैले काँग्रेसले अहिले नै नाम पठाउँदैन’, काँग्रेसका एक सांसदले भनाइ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण खनालले पनि आफ्नो पार्टीबाट समितिमा पठाउने सदस्यहरूको नाम तयार भए पनि अहिले नै नपठाउने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस