म्याद गुज्रेको औषधि दिने स्वास्थ्यकर्मी र शिक्षकलाई कारबाही हुने  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्याद गुज्रेको औषधि दिने स्वास्थ्यकर्मी र शिक्षकलाई कारबाही हुने 


२२ माघ २०७९, आइतबार


काठमाडौँ । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाले म्याद गुज्रेको ‘फोलिक एसिड’ दिने स्वास्थ्य शाखा प्रमुख र उक्त औषधि सामाजिक सञ्जालमा राख्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बाल आधारभूत विद्यालयलाई म्याद गुज्रेको आइरन चक्की दिएको भन्दै पालिकाका स्वास्थ्य शाखा प्रमुख नौलशेर राईलाई र म्याद गुज्रेको आइरन चक्की लिएर गएपछि सम्बन्धित शाखालाई जानकारी नगराई चर्चाको लागि सामाजिक सञ्जालमा राखेको भन्दै शिक्षकहरूलाई कारबाही गर्ने तयारी भइरहेको पालिकाको कार्यपालिकाले जानकारी दिएको छ ।

विद्यालयका प्रधानाध्यापक रबिन राई भने पालिकाको स्वास्थ्य शाखाले दिएको औषधि ल्याएर खुवाउने बेलामा हेर्दा म्याद गुज्रेको पाएपछि सम्बन्धित कार्यालयलाई जानकारी दिएर औषधि समेत फिर्ता गरिसकेको बताउँछन् । 

उनका अनुसार पालिकाको स्वास्थ्य शाखाले पुस २९ गते दश वर्षमाथिका किशोरीलाई दिइने ‘फोलिक एसिड’ आइरन चक्की लिन बोलाएको थियो । तर उनी माघ ३ गते मात्रै लिन गएका थिए । माघ ४ गते दिन विद्यार्थीलाई खोज्दा म्याद गुज्रेको पाइएको प्रधानाध्यापक राईले बताए । १७ स्ट्रिप (१ एक स्ट्रिपमा दश चक्की भएको) शाखाले दिएको मध्ये सात स्ट्रिपको म्याद गुज्रेको पाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस