निर्माता सङ्घले बुझायो सञ्चार मन्त्रीलाई १९ बुँदे मागपत्र (पूर्णपाठ) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्माता सङ्घले बुझायो सञ्चार मन्त्रीलाई १९ बुँदे मागपत्र (पूर्णपाठ)


२२ माघ २०७९, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष चलचित्र निर्माता सङ्घले १९ बुँदे मागपत्र बुझाएको छ । आइतबार मन्त्रालयमा सङ्घका अध्यक्ष नबल खड्काको नेतृत्वमा गएको एक टोलीले फिल्म नीति, स्टुडियो, हलसँग फिल्म व्यवसायको सेयर बाँडफाँट, प्रोजेक्ट बीमालगायतका माग पेस गरिएको छ ।

हालै सम्पन्न फिल्म निर्माताहरूको राष्ट्रिय भेलाले दिएका सुझावलाई समेटेर मागपत्र सरकारलाई बुझाइएको निर्माता सङ्घका अध्यक्ष खड्काले बताए । 

पत्र बुझ्दै मन्त्री शर्माले फिल्मकर्मीको मागप्रति आफू सकारात्मक रहेको बताउँदै मागहरूलाई पूरा गर्नेतर्फ पहल गर्ने बताएकी थिइन् ।

टोलीमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार शिव श्रेष्ठ, आकाश अधिकारी लगायत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस