प्रदेश संरचना खारेज गर्न सांसदको माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश संरचना खारेज गर्न सांसदको माग


२२ माघ २०७९, आइतबार


काठमाडौँ । बागमती प्रदेशसभा सदस्य आशा लामाले प्रदेश संरचनाको खारेजीको माग गरेकी छिन् ।

राप्रपाको समानुपातिक कोटाबाट सांसद बनेकी उनले आइतबार बसेको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्दै देशले सङ्घीयता धान्न नसक्ने भएको भन्दै खारेजीको माग गरेकी हुन् ।

तीन तहको संरचनाको कारण जनतालाई करको मार परको उनको भनाइ छ । सङ्घीयताको कारण देशको अर्थतन्त्र खोक्रो भएको उनले बताइन् । ‘तीन तहको संरचनाले गर्दा जनतालाई करको मार परेको सङ्घीयताको कारणले गर्दा देशको अर्थ व्यवस्था खोक्रो भएको ।’ उनले भनिन्, ‘चालू पुँजी पनि धान्न मुस्किल भइरहेको । देशमा सङ्कटकाल घोषणा गर्न बाँकी रहेको अवस्थामा विज्ञहरूले बताउँदै आइरहेको अवस्थामा के हामी सङ्घीयताको उचित अभ्यास गरिरहेका छौँ । यो सङ्घीयता देशले धान्न सकेन त्यस कारणले गर्दा राज्यलाई २ तहको कायम गर्न व्यवस्था परिवर्तन गरौँ । की भने सङ्घीयता नै खारेज गरौँ भनेर माग गर्दछु ।’

राप्रपा बागमती प्रदेशमा सत्ता साझेदार दलको रूपमा रहेको छ । प्रदेशमा ३ वटा मन्त्रालयको जिम्मेवारी राप्रपाले लिएको छ भने प्रदेशको सभामुखमा राप्रपाका भुवन कुमार पाठक रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस