शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थी आन्दोलित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थी आन्दोलित


२२ माघ २०७९, आइतबार


काठमाडौँ । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरू आइतबार आन्दोलनमा उत्रेका हुन् । उनीहरूले प्रदर्शन गर्दै वडा नं। १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् ।

वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा वडाध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधि नदेखेपछि वडा कार्यालयमा तोडफोड गरेका हुन् ।

कार्यालय अगाडि सडक अवरुद्ध गरी केहीबेर टायर बालेर प्रदर्शन समेत गर्दै उनीहरूले शिक्षकको माग गरेका छन् ।

लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, सामाजिक र विज्ञान विषयको शिक्षकको माग गर्दा समेत चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रेको विद्यार्थीहरूले बताएका छन् ।

एसइई परीक्षा आउन डेढ महिनामात्र बाँकी रहँदासमेत पढाइ नभएको उनीहरूको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस