२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालको प्रतिवेदनमाथि न्यौपानेको फरक मत (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले नेकपा एमालेसहितको वाम एकतामा जोड दिएका छन् । पार्टीको जारी पाँचौँ केन्द्रीय कमिटी बैठकमा तेस्रो वरीयताका नेता न्यौपानेले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि लिखित रूपमै फरक मत दर्ज गरेका हुन् ।

उनले अहिलेको सङ्कटपूर्ण घडीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवाद उन्मुख दिशामा लैजान र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा तथा विकास गर्न मूर्त र ठोस ढङ्गको राजनीतिक कार्यदिशासहितको कार्यभारलाई आत्मसात् गर्न जरुरी भएको बताएका छन् । त्यसका लागि उनले नेकपा एमालेसहितको बृहत् कम्युनिस्ट एकतामा जोड दिएका छन् ।

‘आजको मुख्य कार्यभार एक देश-एक कम्युनिस्ट पार्टी निर्माण हो । नेकपा ९एमाले० सहितको वृहत्कम्युनिष्ट एकता हो । यो कार्यभारलाई चालु केन्द्रीय कमिटीको बैठकबाट पारित गरी अघि बढ्नु पर्दछ’, न्यौपानेले आफ्नो फरक मतमा उल्लेख गरेका छन् ।

नेता न्यौपानेले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा जनताले नेकपा एकीकृत समाजवादीलाई स्वीकार गर्न नसक्दा संविधानको प्रावधान अनुसार थे्रसहोल्ड सम्म जोगाउन नसकेको बताएका छन् ।

‘जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन् । एउटा कम्युनिस्ट पार्टीले आफूलाई जनताको इच्छा र आकाङ्क्षा अनुसार चलाउनु पर्छ’, न्यौपानेले भनेका छन्, ‘यदि जनताको आवश्यकता र इच्छा अनुसार चल्न सकेनौँ भने हामी असफल हुने छौँ ।’

बैठकको पहिलो दिन शनिबार अध्यक्ष नेपालले पेस गरेको २५ पेज लामो राजनीतिक प्रतिवेदनमा भने नेकपा एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भन्दै उसको वर्ग अडान स्पष्ट नभएको दाबी गरेका छन् ।  न्यौपानेले एमालेसँगको एकताले मात्रै एक देश एक बृहत् कम्युनिस्ट पार्टी बन्न सक्ने दाबी गरेका हुन् ।

‘दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ’, अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ । अध्यक्ष नेपालको प्रतिवेदनामाथि १० समूहमा गरेर आइतबारको बैठकमा टोली नेताले निष्कर्ष पेस गर्दैछन् ।

न्यौपानेले मंसिरको निर्वाचनमा वारा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार अच्युत मैनालीलाई भोट मागेको पार्टीभित्र उजुरी परेको थियो । पछिल्लो समयमा एकीकृत समाजवादीमा कम्युनिस्ट नेता वामदेव गौतम प्रवेश गर्न लाग्दैछन् । गौतम एकीकृत समाजवादीमा प्रवेश गरेपछि उनले अहिले पार्टीमा पाएको तेस्रो वरीयता चौथोमा पुग्ने देखिएको छ । अध्यक्ष नेपालले गौतमलाई सम्मानित नेता झलनाथ खनालपछि तेस्रो बरीयताको हैसियतमा पार्टीमा भित्र्याउने तयारीमा छन् ।

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस