२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशु चौपायामा रेबिज देखिन थालेपछि मन्त्री शर्मा औषधी लिएर पुगे पालिकामा

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले पशु चौपायामा रेबिज देखिन थालेपछि सल्यानका २ पालिकामा औषधि हस्तान्तरण गरेका छन् ।

मन्त्री शर्माले पशु चौपायामा रेबिज देखिन थालेपछि पालिकाहरूलाई औषधि र भ्याक्सिन हस्तान्तरण गरेका हुन् । केही दिनदेखि जिल्लाको बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र शारदा नगरपालिकामा यो रोग महामारीको रूपमा फैलिरहेको छ ।

मन्त्री शर्माले बनगाड कुपिण्डे नगरपालिका र बागचौर नगरपालिकाको पशु सेवा शाखालाई ३ सय डोज भ्याक्सिन र औषधी हस्तान्तरण गरेका छन् । केही दिन पहिला घरमा पालेका पशु चौपाया र छाडा पशु चौपाया अज्ञात रोगले मर्न थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले नमुना सङ्कलन गरी पशुपक्षी अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएको थियो ।

कार्यालयले जिल्लाको तिन पालिकामा रेबिज रोगको अवस्था भयावह हुन थालेपछि स्थानीय तहहरूमा औषधि र भ्याक्सिनको अभाव भएको जानकारी गराएको थियो । अज्ञात रोगले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका क्षेत्रका ५ छाडा गाई र दुई कुकुर मरेका थिए भने बागचौर नगरपालिका क्षेत्रका पशुचौपाया बिरामी भएका थिए ।

बिरामी भएका पशु चौपायालाई कुन रोग लागेको हो भनेर किटान गर्न समस्या भएपछि पशु अस्पताल तथा पशु कार्यालय र बनगाड कुपिण्डे नगरपालिको समन्वयमा नमुना सङ्कलन गरी सुर्खेत पठाइएको नगरपालिकाका पशु शाखा प्रमुख विनाराम रावतले बताए ।

बिरामी पशुको नमुना सङ्कलन गरी प्रदेश प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस