मोरङमा जीप दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मोरङमा जीप दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते


२२ माघ २०७९, आइतबार


काठमाडौँ । मोरङको बेलबारी नगरपालिका–२, खड्का पेट्रोल पम्पअगाडि भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।

नेपालमा रहेका आफन्त भेट्न आएका व्यक्तिहरू सवार जीप आज बिहान करिब साढे ३ बजे पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिपमा सवार भारतीय नागरिक ६३ वर्षीय प्रतापसिंह तामाङको मृत्यु भएको हो । विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा बिहान सवा ६ बजे उनको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका चालकसहित तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस