‘हिजोका राजनीतिक समस्यालाई समाधान गर्दै अघि बढ्नुपर्छ’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘हिजोका राजनीतिक समस्यालाई समाधान गर्दै अघि बढ्नुपर्छ’


२१ माघ २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिकरुपमा हिजो देखिएका समस्याहरूलाई समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले समस्या समाधान गर्दै अघि बढ्ने बताए ।

‘महिला, आदिवासी जनजाति, दलित, पिछडिएका क्षेत्रको, मुस्लिम, मधेसलगायत विभिन्न वर्ग समुदायको मूल राजनीतिक प्रवाहकरण हुन नसकिरहेको जुन हिजोको पीडा थियो । त्यो पीडालाई आज प्रतिनिधित्व समुचित आधारमा व्यवस्थापन गर्ने काम गरिएको छ,’ उनले भने, ‘हिजोको समस्याहरूलाई पनि आज हल गर्दै जानुपर्ने अवस्था छ ।’

पूर्व मन्त्रीसमेत रहेका लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसद्मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस