विमानस्थलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराँती « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विमानस्थलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराँती


२१ माघ २०७९, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार चित्त बुझ्दो नभएको बताएका छन् ।

शनिवार बिहान विमानस्थलको अनुगमन गर्न पुगेका उनले यस्तो बताएका हुन् । उनले तुलनात्मक रूपमा विमानस्थलको सुधार हुँदै गएपनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिए ।

उनले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरू चित्तबुझ्दो रूपमा कार्यान्वयन नभएको समेत बताए । उनले आजको अनुगमनमा टर्लीमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिए ।

उनले भने, ‘तुलनात्मक रूपमा सुधार छ तर चित्तबुझ्दो रूपमा सुधार छैन । हिजो निर्देशन गरिएका कुराहरू सम्पूर्ण रूपमा पूरा गर्न र आज देखिएको टर्लिमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन गरिसकेको छु । बाँकी जतिपनि त्रुटि देखेको छु, सम्बन्धित निकायमा कडाइका साथ अझै निर्देशन गर्नेछु । सुधार गर्नुपर्ने धेरै कुरा छ, म बाँकी निर्देशन गर्नेछु ।’

मन्त्री किराँतीले आज (शनिवार)बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका थिए । गत माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दै मन्त्री किराँतीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस