मालपोत कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मालपोत कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख कमोद तिवारी, नासु र जग्गाधनीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा मालपोत कार्यालय पर्साका प्रमुख तिवारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । 

आयोगले मालपोत कार्यालय प्रमुख तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी र वीरगञ्ज ३१ का खेख सफी अहदमविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले स्पोट्र्स क्लबको नाममा रहेको साबिकको बेल्वा गाविस ८ मा रहेको १ रोपनी ५ आना जग्गा शेष सफी अहमदको नाममा गराएका थिए । यसका लागि फिल्ड प्रतिवेदन, निर्णयको टिप्पणी समेत पेस गरेर निर्णय गराएका थिए भने आफ्नो गलत निर्णय ढाकछोप गर्न मोठ समेत च्यातिएको अख्तियारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस